बैतडीको सुर्नयामा २१ दिनदेखि तालाबन्दी

बैतडीको सुर्नयामा २१ दिनदेखि तालाबन्दी

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन। सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। 

आफूले माग गरेका सूचनाहरू उपलब्ध नगराएसम्म तालाबन्दी नखोल्ने अडान राखेका युवाहरूले आजसम्म ताला खुल्न सकेको छैन। 
यसरी लामो समयसम्म ताला नखुल्दा सेवा प्रवाहमा समस्या भइरहेको छ। पालिकाबाट पाउनुपर्ने नियमित सेवा नपाउँदा आम सर्वसाधारण सेवाग्राहीलाई समस्या हुने भएकाले समयमा नै निकास खोजेर सहज वातावरण बनाउनुपर्ने स्थानीय जेवी कुँवरले बताए। 

‘जेनजीका जायज मागहरूलाई पालिकाले सम्बोधन गर्नुपर्छ, यसअघि नै सूचना माग गरिएकोमा कर्मचारीहरूबाट समयमा नै उपलब्ध नगराउँदा समस्या देखिएको छ, अहिले तालाबन्दी गरिएको विषयमा गहन छलफल गरी समयमा नै निकास दिनुपर्छ, सर्वसाधारणले पाउनुपर्ने सेवा बन्देज गरिनु हुँदैन’ स्थानीय कुँवरले भने।     

गाउँपालिकाले यसबीचमा तालाबन्दी खोल्ने विषयमा बेलाबेला छलफल गरेको भए पनि सहमति हुन सकेको छैन। तालाबन्दी खोल्ने विषयमा आफूहरूले छलफल जारी राखेको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन्। केही बुँदाहरूमा सहमति हुन बाँकी रहेकाले छलफल निरन्तर भइरहेको उनको भनाइ छ। 

गाउँपालिकाको हितको लागि र पालिकामा सुशासन कायम गर्नको लागि माग अघि सारिएको जेनजी अगुवा विशाल भट्टले बताए। गाउँपालिकासमक्ष अघि सारेका मागहरूलाई तुरुन्तै कार्यान्वयन गइनुपर्ने आफूहरूको माग रहेको भट्टले बताए। ‘गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, सूचना अधिकारीसहितको उपस्थितिमा जिल्ला प्रशासन र जिल्ला समन्वयका पदाधिकारीको रोहबरमा हाम्रा मागहरू पुरा गरिनुपर्छ, केही मागहरू तत्कालै गर्न सकिनेछन्, ती मागहरू तत्काल पूरा गर्नुपर्ने र अन्य मागहरूलाई समय सीमा तोकेर पूरा गर्नुपर्छ, नत्र हाम्रो सहमति हुने छैन’, भट्टले भने।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.