माओवादीसँग एकताको निर्णयले एकीकृत समाजवादीमा चिरा

माओवादीसँग एकताको निर्णयले एकीकृत समाजवादीमा चिरा

काठमाडौं : एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधव नेपालको माओवादीसँग एकता गर्ने प्रस्तावलाई बहुमत केन्द्रीय सदस्यले ताली बजाएर अनुमोदन गरेका थिए। तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरू निर्णयको विपक्षमा उभिएका छन्। एकीकृत समाजवादीका केन्द्रीय सचिव गणेश विकले माओवादीसँग एकता गर्ने निर्णयसहित केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न भएको जानकारी दिए। उनले बाँकी प्राविधिक विषय पदाधिकारीले टुंग्याएर एकता प्रक्रिया अघि बढाइने बताए। उनले ९० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा उभिएको दाबी गरे।

सचिव विकले माओवादी केन्द्र पनि समाजवादी आन्दोलनको मूलप्रवाहमा समाहित हुन तयार भएपछि एकताको माहोल बनेको स्पष्ट पारे। उनले बैठकमा कतिपयले सचेत भएर मिल्नुपर्ने बताएको पनि जानकारी दिए। नेता अब्दुल हुसेन खानले अन्तिम निर्णय गर्ने अधिकार सचिवालयलाई दिएर केन्द्रीय कमिटीको बैठक सकिएको जानकारी दिए।

उनका अनुसार अध्यक्ष नेपालको माओवादीसँग एकता गर्ने प्रस्तावमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायत नेताको फरक मत छ। उनीहरूले असहमति जनाएका छन्। खनाल र भुसालसहितका नेता एकता गर्न नहुने पक्षमा छन्। नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा माओवादीसँग एकतामा जाने भए पनि आफूहरू सहभागी नहुने बताएकी छन्। उनले माओवादीसँग वाम एकता नभई मर्जर हुन गइरहेकाले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने स्पष्ट पारेकी छन्। 

उनले केन्द्रीय कमिटीमा बहुमतको आधारमा निर्णय भए पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको बताइन्। पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उनको भनाइ छ। उनले वाम एकताका लागि एमालेलगायत अन्य राजनीतिक दलहरूसँग संवादसमेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताइन्। वाम आन्दोलनलाई बलियो बनाउने कुराभन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरू पार्टी एकतामा सामेल नहुने उनले बताइन्।

विप्लव नेतृत्व नेकपा पनि चिरा
नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा पनि दुई चिरा भएको छ। यो पार्टी माओवादीसँग मिल्ने कि नमिल्ने भन्ने दुई धारमा विभाजित भएको छ। चन्दलगायतका नेता तत्काल मिल्ने पक्षमा छैनन्। चिरण पुनः ‘मिलन’ नेतृत्वको समूह भने माओवादीसहित एकताको पक्षमा थियो। यही विवादका कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल विभाजित भएको छ। चिरण पुनः ‘मिलन’को नेतृत्वमा पार्टी विभाजन भएको हो। पुनः महासचिव रहने गरी ७५ सदस्यीय केन्द्रीय घोषणा गरिएको छ। साविकको १ सय ४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको पुनः पक्षको दाबी छ। विप्लवले हालै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको निवेदनसमेत दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.