कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
आइतबार बस्ने भनिएको बैठक स्थगित भएको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठक मंगलबार दिउँसो १:०० बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने उनले बताए।
कांग्रेसभित्र महाधिवेशनका विषयमा विवाद छ। शनिबार बसेको पदाधिकारी बैठकले पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा सहमति जुटाउन सकेन।
महाधिवेशनका विषयमा नेतृत्वबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !