भारतले गर्‍यो ४,४०० किलोग्रामको उपग्रह प्रक्षेपण

भारतले गर्‍यो ४,४०० किलोग्रामको उपग्रह प्रक्षेपण

काठमाडौं : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए।  

उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ

अध्यक्ष वी. नारायणनले आर्थिक वर्षको अन्त्यसम्ममा थप सात उपग्रह प्रक्षेपण गरिने बताए। गगनयानको पहिलो मानवरहित मिसन पनि उन्नत चरणमा पुगेको उनले बताए।  

इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस–३ उपग्रह एक बहु–ब्यान्ड सञ्चार उपग्रह हो।

४,४०० किलोग्राम तौल भएको यो उपग्रह भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.