गौशाला बजारमा ढल तथा निकासका लागि कार्यको प्रारम्भ

गौशाला बजारमा ढल तथा निकासका लागि कार्यको प्रारम्भ

महोत्तरी : सरसफाई अनि अव्यवस्थित नालाकै कारण अस्तव्यस्त रहेको गौशाला बजारमा सौन्दर्यीकरणको कार्य अगाडि बढेको छ। बजार सरसफाई अनि स्वच्छतालाई ध्यानमा राख्दै संघीय सरकारको लगानीमा बजार क्षेत्रका ३७ मिटर क्षेत्रफलमा पहिलो चरण कार्य आरम्भ भएको छ।

जिम्मेवारी पाएका काठमाडौंस्थित बी एण्ड बी बीआईपीएल जेभी काटेश्वरका प्राविधिक टोली बजार क्षेत्रमा आएर सर्वेक्षणको कार्यको सुरुवात गरिएको छ। दुई चरणमा सो कार्य सम्पन्न हुने गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोले बताए। 

संघीय सरकारको आर्थिक सहयोगमा गौशाला बजारक्षेत्रका निर्माण हुने यस कार्यका लागि खानेपानी तथा ढल निकास कार्यालय जनकपुरले टेण्डर आह्वान गरिएको थियो। १३ करोड ५३ निर्माण हुन लागेको सो कार्यको जिम्मेवारी बी एण्ड बी बीआईपीएल जेभी काटेश्वर काठमाडौंलाई टेण्डर स्वीकृति दिई सम्झौता दिइएको हो।

निर्माण कम्पनीका अनुसार पहिलो चरणमा मुख्य सडक क्षेत्र र त्यसपछि बजार आसपासका स्थानहरूमा ढल निकासको कार्य गरिनेछ। यो कार्य पूरा भएपछि गौशाला बजार क्षेत्रको सरसफाइ अनि सवारी आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.