आर्मीलाई हराउँदै एपीएफको रोमाञ्चक जित, उपाधिका लागि पुलिससँग भिड्ने

आर्मीलाई हराउँदै एपीएफको रोमाञ्चक जित, उपाधिका लागि पुलिससँग भिड्ने

झापा : सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपमा रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। अब एपीएफ उपाधिका लागि कार्तिक २४ गते नेपाल पुलिस क्लबसँग भिड्ने पक्का भएको छ। 

दर्शकले भरिभराउ रोमाञ्चकपूर्ण खेलको ६३ औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना राना बीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन्। ८१ औँ मिनेटमा एपीएफकी कप्तान अनिता बस्नेतले दिएको क्रसमा रश्मिकुमारी घिसिङको हेडर गोलपोस्टको दिशा चुक्यो। तर, इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो। 

आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपीएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो। कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ बराबरीमा पुग्यो। निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गयो। टाइब्रेकरमा एपीएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेणुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले बचाउ गरिन्।

आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकी विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपीएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन्। प्रारम्भिक मिनेटदेखि नै आर्मी र एपीएफ दुवैले एक अर्कोको गोल पोस्टमा निरन्तर दबाब सिर्जना गरे। २६ औँ मिनेटमा एपीएफकी सरूँ लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेकी थिइन् तर बल पोस्टको नजिकबाट बाहिरियो। त्यसपछि २९ औँ मिनेटमा आर्मीकी तुलसा बोहोराको क्रसमा फरवार्ड विमला चौधरीले लिएको हेडर गोल पोस्टमाथि गयो।

३९ औँ मिनेटमा एपीएफकी कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिकुमारी घिसिङको भलिप्रहार आर्मीकी डिफेन्डरले रोकिन्। त्यसको एक मिनेटपछि आर्मीले काउन्टर अट्याक बनायो तर तुलसा बोहोराको अञ्जना राना मगरसँगको वान भर्सेस वान अवसर असफल रह्यो। दोस्रो हाफमा पनि खेल बराबरीको रफ्तारमा अघि बढ्यो। ५८ औँ मिनेटमा रश्मिकुमारी घिसिङले दुई डिफेन्डरलाई छल्दै लिएको सट आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन्। 

एपीएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन्। उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.