एपीएफ र नेपाली पुलिस झापा महिला गोल्डकपको उपाधिका लागि आज भिड्दै
झापा : प्रथम झापा महिला गोल्डकपको उपाधिका लागि आज दुई विभागीय टोली एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।
शिवसताक्षीस्थित दुधे रंगशालामा हुने फाइनल खेलमा विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । एपीएफका प्रशिक्षक जिवेश पाण्डेले भने, ‘हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन। यस पटक पनि हामी उपाधि रक्षा गर्नेछौँ।’
त्यस्तै, कप्तान अनिता बस्नेतले भनिन्, ‘हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ। झापाली मैदानमा हामी पुलिसलाई रोक्दै अर्को उपाधि जित्नेछौँ।’
नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले रेखा पौडेल र पूजा राना मगरको तालमेललाई टोलीको मुख्य बल भएको बताए। पुलिसकी कप्तान अमृता जैशीले विगतका पराजयको बदला झापामै लिने बताइन्।
प्रतिक्रिया दिनुहोस !