एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा महिला गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा महिला गोल्डकपको उपाधि

झापा : सशस्त्रको एपीएफलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम झापा महिला गोल्डकपको उपाधि उचालेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा सोमबार भएको फाइनल खेलमा पुलिस क्लबले एपीएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। 

उपाधि जितेसँगै पुलिस क्लबले नगद १० लाख १० हजार रुपैयाँसहित ट्रफी पाएको छ। उपविजेतामा चित्त बुझाएको एपीएफले नगद ५ लाख रुपैयाँ ट्रफी पायो। दर्शकले भरिभराउ खेलमा दुवै विभागीय टोलीले सुरुदेखि आक्रमक पारी खेलेका थिए। 

खेलको २२ मिनेटमा नेपाल पुलिसले अग्रता बनायो। रेखाले पेनाल्टी एरियाभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल अनमार्क रहेकी देउवाको सामु पुग्यो। मिनाले एपीएफकी गोलकिपर अञ्जना राना मगरलाई कुनै मौका नदिई बललाई जाली चुमाइन्। उनको गोल नै खेलको निर्णायक गोल बन्यो। 

खेलको ३३ औँ मिनेटमा एपीएफकी कप्तान अनिताले बराबरीको सुनौलो मौका गुमाइन्। अनिता केसीले दिएको भलि क्रसमा उनले नजिकैबाट गरेको सट पोस्टको दिशा समात्न सकिनन्। त्यसपछि ३८ औँ मिनेटमा सविता रानालाई लडाइएपछि एपीएफले फ्रिकिक पायो तर कप्तान अनिताको सट पुलिसकी गोलकिपर उषा नाथले बचाइन्। पहिलो हाफको अन्तिम मिनेटमा रेखा पौडेलको सट पोस्टको छेउबाट बाहिरियो। मिना देउवाले सेन्टर एरियाबाट तीन खेलाडीलाई बिट गर्दै रेखालाई पास दिएकी थिइन्।

दोस्रो हाफमा पनि खेल बराबरीको गतिमा अघि बढ्यो। ६२ औँ मिनेटमा रेखा पौडेलको आक्रामक रन रोक्ने क्रममा एपीएफकी डिफेन्डर मनमाया दमाईले फाउल गरेपछि पहेँलो कार्ड पाउँदा पुलिसले फ्रिकिकको अवसर पायो। कप्तान अमृता जैशीले फ्रिकिकबाट गोलको प्रयास गरेकी थिइन् तर बल पोस्टबाट बाहिरियो। ८४ औँ मिनेटमा एपीएफले बराबरीको अर्को मौका गुमायो। रश्मि घिसिङले पेनाल्टी बक्स बाहिरबाट रेणुका नगरकोटीलाई पास दिएकी थिइन् तर रेणुकाको प्रहार गोल पोस्ट नजिकबाट बाहिरियो। ८९ औँ मिनेटमा पनि रश्मिको आक्रामक सटलाई पुलिसकी गोलकिपर उषा नाथले बचाइन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन्। उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन्। प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन्। 

अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई ( एपीएफ ), उत्कृष्ट मिडफिल्डर रेणुका नगरकोटी ( एपीएफ ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत ( एपीएफ ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने। सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.