निर्वाचन आयोगको सर्भर ‘स्लो’, मतदाता नामावली संकलनमा समस्या

निर्वाचन आयोगको सर्भर ‘स्लो’, मतदाता नामावली संकलनमा समस्या

काठमाडौं : निर्वाचन आयोगको वेबसाइट ‘स्लो’ भएका कारण मतदाता नामावलीमा नाम दर्ता गर्न समस्या भइरहेको छ। सर्भरमा अध्यधिक लोड भएका कारण वेबसाइट ‘स्लो’ भएको आयोगले जनाएको छ। सर्भरमा ढिलाइ भएपछि  मतदाता नामावली संकलनमा कठिनाइ भइरहेको आयोगका कर्मचारीहरू बताउँछन्।  

आयोगले मतदाता नामावली प्रि–रजिस्ट्रेसन र अध्यावधिकको व्यवस्था गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबैतिर दु्रत गतिमा मतदाता नामावली संकलनको काम भइरहेको छ। ‘सर्भर स्लो भएको गुनासो आइरहेका छन। तर,  वेबसाइटले काम नगरको भने होइन्। समस्या समाधानका लागि प्रविधिक टोली गठन भएको छ’, उनले भने।

आयोगले सोमबार सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता सुचारु रहेको जनाएको छ। हाल सेवाग्राहीहरूबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने क्रममा अत्यधिक सहभागिताको कारण सेवा प्रवाहमा समस्या आइरहेको आयोगले जनाएको छ।

मतदाता नामावली संकलन कार्यलाई सरलीकरण गर्न मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शीघ्र सहजीकरण कार्यटोली गठन गरिएको आयोगले जनाएको छ। आयोगका उपसचिव कुलबहादुर जिसीको संयोजक रहेको टोलीमा सदस्य शाखा अधिकृत दीपक पौडेल र कम्प्युटर इन्जिनियर प्रिता दहाल रहेका छन्।

आयोगले कात्तिक २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा पनि मतदाता नामावली दर्ता गराउनेहरूको भिड बढेका कारण सर्भरमा चाप परेको जानकारी दिएको थियो। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण आउँदो निर्वाचनमा भोट हाल्न मतदाता नामावलीमा नाम दर्ता गराउने योग्यता पुगेका नयाँ मतदाता उत्साहित भएर धमाधम नाम दर्ता गराइरहेका छन्। देशभरिका ७७ स्थानबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ। आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य पदका लागि चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको भिड बढेको हो।

असोज १२ देखि मतदाता नामावली संकलनको काम सुरु गरिएको थियो। कात्तिक २३ गते साझसम्म देशभरिमा १ लाख ६३ हजार ६ सय जना नयाँ मतदाता थपिएको प्रवक्ता भट्टराईले जनाए। आयोगले असोज ९ गते गरेको निर्णयले कात्तिक ३० सम्म मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ। आयोगका सहसचिव एवं प्रवक्ता भट्टराईका अनुसार मतदाता नामावली दर्ता कार्यमा अधिक चाप पर्न गएकाले सर्भरले ढिला गरी काम गर्ने गरेको छ।

पछिल्लो समय मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकहरूको उत्साहजन सहभागिता भइरहेको आयोगले जनाएको छ। आयोगका अनुसार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका मध्ये फागुन २० गते १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.