कांग्रेस केन्द्रीय समिति बैठक : निर्वाचन र महाधिवेशनका विषयमा नेताहरूले दिए राय

कांग्रेस केन्द्रीय समिति बैठक : निर्वाचन र महाधिवेशनका विषयमा नेताहरूले दिए राय

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूले आफ्नो राय राखेको कांग्रेस नेता मोहन बहादुर बस्नेतले जानकारी दिए।

बैठकमा जेनजी आन्दोलनपछिको परिस्थिति, निर्वाचनको विषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा छलफल भएको उनले बताए।

उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले सबै विषयमा सदस्यहरूले खुलस्त रूपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने जानकारी दिए।  

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ। 
  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.