सार्वजनिक बिदाको पुनरावलोकन

सार्वजनिक बिदाको पुनरावलोकन

२०८२ सालसम्म आइपुग्दा साना–ठूला राजनीतिक परिवर्तनपश्चात् सार्वजनिक बिदामा पनि परिवर्तन हुँदै आएको छ। यस्ता परिवर्तनपश्चात् अरू देशको दाँजोमा नेपालको राष्ट्रिय र बौद्धिक विकासमा अद्यपि निकै पछाडि परेको छ। गणतन्त्रपश्चात् धर्मपिच्छे बिदा दिने चलनले र अनेक किसिमका दिवस बिदाहरू, दसैं र तिहार अनि भैपरी बिदाहरू थपिँदा सार्वजनिक बिदाहरू बढ्ने क्रम जारी रहेको छ। अबका केही दशकमा श्रम र मिहिनेत नगरेमा देश अझ पछाडि धकेलिँदै जानेछ। तसर्थ, बिदा पुनरावलोकन गर्न अपरिहार्य भएको छ। यसबारेमा बेलाबखतमा राष्ट्रिय बहस पनि चल्दै आएको छ। 

मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको निर्णय गर्न एउटा समिति बेलाबेलामा गठन गर्ने गरेको सार्वजनिक हुने गरेको छ। पर्व बिदा र सार्वजनिक बिदा नमिलेको हुँदा मिलाउन भनी पुनरावलोकन समिति गठन गरिँदै आएको छ। यी बिदा मिलाउन धेरै अगाडिदेखि जनस्तरमा आवाज उठ्दै आएको छ। मुलुकका लागि बलिदान दिने सपूतहरूको स्मरणस्वरूपको भूमिका नकार्न अवश्य पनि नसकिने हुन्छ। विगतका पुर्खाहरूका सम्झनाका माध्यम वर्तमानमा असल नागरिकले नभत्काउनु नै बुद्धिमानी ठहर्छ।

गणतन्त्रपश्चात्का सरकारले जाति, वर्ग विशेषका चाडपर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने चलन गरेको छ। यस्तो परम्पराले देशको जाति वर्गको चाडलाई सम्मान गर्न खोजेको पाइन्छ। तर बिदामा धर्मअनुसारको रमाइलो र रमझमसहित स्वदेशी तथा विदेशी मदिरापानले अनुत्पादक कार्यहरू भइरहेको देखिन्छ। यसले मुलुकलाई अर्कै गन्तव्यतिर लैजान्छ कि ? तसर्थ, नेपालभित्र छरिएर बसेका नेपालीलाई कुन अवसरलाई कसरी बिदा निर्धारण गर्ने जिम्मा प्रादेशिक सरकारलाई दिनु नै उचित हुन जान्छ। यस्ता बिदा प्रदेश क्षेत्रमा मात्र बिदा दिए पनि पुग्छ।

देश निर्माणको क्रममा अभियन्ता र देशका कुनामा छरिएर बसेका बासिन्दालाई सम्मान राज्यले गर्दै जाने पर्ने हुन्छ। तर, अव्यावहारिक बिदाभन्दा नागरिक जीवन बिमा, औषधोपचार खर्च, वृद्ध भत्ता र अरू थुप्रै यस्तै सुविधा राज्यले दिँदै आएमा त्यो उत्पादक तथा सम्मानजनक ठहर्छ। बाहिर विदेशमा पनि यस्तै चलन छ। सार्वजनिक बिदा धेरै कम छ। नेपालमा विगतको केही वर्ष शनिबार र आइतबार बिदा दिने चलनबाट हाल साताको एक दिन शनिबार बिदा दिन थालिएको हो। 

हालको हप्ते कार्य ४० घण्टा नै भएको छ। काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका कार्यालयहरूमा साताको दुई दिन बिदा दिने चलन कायमै छ। सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ। कार्यालयमा १०–५ हाजिर गरे पनि कार्यालय उपस्थित भएको घण्टाको आधारमा तलब तोक्ने गरेमा सरकारी तलबी खर्चमा कमी आउने थियो। र, उत्पादकत्व बढ्ने थियो। हाम्रोजस्तो सामाजिक, आर्थिक अवस्था र देशको भू-बनोटले गर्दा धेरैजसो चाडपर्वलाई छोड्न नमिल्ने र मान्नुपर्ने भएकाले वर्षमा धेरै बिदा सामाजिक कारणले दिन पर्ने भएको हो। जे जति बिदा छन्, ती सबैको प्रतिफल र उत्पादकत्व जाँच्ने बेला आएको छ।

हाम्रा कार्यालय समयमा पनि कार्यालय बाहिरका काम गर्ने कर्मचारी अधिकांश हुन्छन् भन्दा फरक नहोला। नेपालमा पनि दिउँसो एक आधा घण्टा खाजा खाने पनि भनी गजेटमा तोकिएको छ। यसले कार्यालयमा उत्पादकत्व बढ्न जाने अवश्यभावी छ। कारण एक घण्टा समयबाहेक अरू समयमा कार्यालय बाहिर जान प्रतिबन्ध राखी कडा कारबाही गर्न सकिन्छ। अझ काठमाडौं उपत्यकामा एकै चोटी सबै कार्यालयका गाडी सडकमा गुड्ने हुँदा ट्राफिक जाम हुन्छ। त्यसर्थ, त्यसको प्रबन्ध मिलाउन कूटनीतिक नियोगका कार्यालय ९ बजे खुल्ने, सरकारी कार्यालय साढे ९ बजे खुल्ने र संस्थान, समिति र अन्य कार्यालय १० बजे नै खुल्ने गरेमा पिक आवरमा ट्राफिक समस्या पर्न आउँदैन थियो कि ?

नेपाली कुनै धार्मिक चाडमा सार्वजनिक बिदा दिनुको मतलव राष्ट्रिय मान्यता दिनु हो। र, त्यसको महŒव बढाउनु हो। वास्तवमा सबै धर्म र चाडलाई उत्तिकै महŒव मान्यता दिनु त पर्छ नै तर उत्पादकत्वसँग पनि जोडेर हेर्नुपर्छ। तराईमा बसेका अधिकांश बासिन्दालाई ल्होसार के हो ? कसरी मनाइन्छ भन्ने कुरा जसरी थाहा छैन। त्यसैगरी सगरमाथाको फेदीमा बसेका बासिन्दालाई छठ पर्व के हो र कसरी मनाइन्छ भन्ने कुरा थाहा नहुन सक्छ। यसैगरी, राजधानी उपत्यकामा मनाइने घोडेजात्रा, इन्द्रजात्रा, गाईजात्रा र मच्छिन्द्र रथजात्रा बारेमा पहाड, तराई र हिमालयमा बसेका नेपालीलाई कमै थाहा छ। 
यस अर्थमा दिइने बिदाहरूका अर्थ र उपादेयताबारे गहन भएर सोच्ने बेला भएको छ। 

देशभित्र हवाईजहाज चल्ने ठाउँमा काज जान पर्ने भएमा उक्त ठाउँमा बसको सुविधा छ भने रोजगार दिने संस्थाले काज जाने कर्मचारी उक्त ठाउँमा काजमा जाँदा बसमा जाओस् कि हवाईजहाजमा जाओस् धेरै चासो दिनु उपयुक्त होइन। रोजगारी दिने संस्थाले हवाईजहाजमा जाने आउने खर्च दिई कर्मचारीले सो उपभोग गर्‍यो वा गरेन भनी नहेरी काम भयो वा भएन भन्ने चासो लिएमा कर्मचारीलाई बढी राहत पुग्दछ। यस्ले कर्मचारीको उत्पादकत्व बढाउँदछ। कार्यालय समय दैनिक ८ घण्टा गरेमा बिदा व्यवस्थापन तथा समायोजन हुन गई उत्पादकत्व बढी हुन जान्छ कि ? यसो गरेमा हाल दिई आएको शनिबार ५२ र अरू थप ४० देखि ४५ दिनको बिदा गरी ९५ दिन र थप शनिबार ५२ दिन बिदा समायोजन गर्नुपर्ने पंक्तिकारले सुझाव हो।

नेपालमा रहेका संयुक्त राष्ट्रसंघका निकायहरूमा हप्ताको दुई दिन छुट्टी गरी १ सय ४ र यूएन होलिडे र रिकमेन्डेड ल्फोटिङ दिनहरू भनी जम्मा १७ दिन बिदाको प्रावधान छ। एक वर्षका यी १७ दिनका बिदाहरूमा इश्वीसंवत् १ दिन, विक्रमसंवत् १ दिन, इदफुतुर १ दिन, अदाहा इड १ दिन, अष्टमीदेखि दशमी दसैं ३ दिन, तिहार ३ दिन, क्रिसमस २ दिन, होली १ दिन, अर्थडक्स फ्राई डे १ दिन, बुद्धजयन्ती १ दिन, योम किपर १ दिन र गुर्पुरब १ दिन रहेका छन्। यसरी वर्षको १ सय २१ दिन यूएनमा पर्छ। नेपालमा पनि यही बिदाको बनावट अनुसरण गर्न सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.