निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै कांग्रेस संस्थापन पक्षका नेताले बुझाए ज्ञापनपत्र

निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै कांग्रेस संस्थापन पक्षका नेताले बुझाए ज्ञापनपत्र

काठमाडौं : नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

शुक्रबार उनीहरूले पार्टी कार्यालय सानेपा पुगेर फागुन २१ गतेका लागि तय भएको चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका हुन्।

ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भएकाले यो काम समयसीमा निर्धारण गरेर टुंग्याउन माग गरिएको छ। त्यसतै वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्व गर्न विधानमा संशोधन हुनुपर्ने, पार्टीको अन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनुपर्ने, १५ औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपागंता भएकाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले बताए।

ज्ञापनपत्रमा उनीहरूले स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार उम्मेदवार बनाउन र संविधान संशोधनका सन्दर्भमा पार्टी वा वडादेखि केन्द्रीय तहसम्म संवाद चलाई स्पष्ट दृष्टिकोणसहितको पार्टीको अवधारणा बनाउन पनि माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.