बिहार चुनाव : ५० सिटको नतिजा सार्वजनिक, कसले कति सिट जिते ?
काठमाडौं : बिहार विधानसभा चुनावको मतगणनामा साँझ ५:३० बजेसम्म कुल ५० सिटको नतिजा घोषणा भएको छ।
भारतीय निर्वाचन आयोगको वेबसाइटका अनुसार एनडीएले अहिलेसम्म ३९ सिट (भाजपा-२६, जेडीयू-१२, एलजेपी (आरभी)-२, एचएएम-१) जितेको छ।
भाजपा ६६ सिटमा अगाडि छ भने जेडीयू ७१ सिटमा अगाडि छ।
महागठबन्धनको खातामा अहिलेसम्म पाँच सिट (आरजेडी-५, १ कांग्रेस) गएको छ। आरजेडी २२ सिटमा अगाडि छ भने कांग्रेस ४ सिटमा अगाडि छ।
एआईएमआईएमले ३ सिट जितेको छ भने दुई सिटमा अगाडि छ।
प्रतिक्रिया दिनुहोस !