एकनाले भरुवा बन्दुकसहित एकजना पक्राउ
स्याङ्जा : गल्याङ् नगरपालिका ९ डुबिनडाँडा कल्लाबारीका ३६ वर्षीय रामप्रसाद भट्टराई एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
डुबिनडाँडा स्थित कल्लेरीमा हातहतियार देखाई मार्ने धम्की दिएको भन्ने सूचनाका आधारमा प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।
आरोपित भट्टराईलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा स्याङ्जा अदालतबाट शुक्रवार १० दिनको म्याद थप गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !