एनपीएल दोस्रो सिजनको पहिलो अर्धशतक हाने आशिफले
काठमाडौं : जनकपुर बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन्। काठमान्डुविरुद्ध आशिफले नेपाल प्रिमियर लिग दोस्रो सिजनको पहिलो अर्धशतक प्रहार गरेका हुन्।
आशिफले ३७ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५१ रन पुर्याएका हुन्। जनकपुरले १२.३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
४