महोत्तरीमा थपिए २५ हजार नयाँ मतदाता

महोत्तरीमा थपिए २५ हजार नयाँ मतदाता

महोत्तरी : जिल्लामा सञ्चालित मतदाता नामावली संकलनमार्फत २५ हजार २५४ जना नयाँ मतदाताले निर्वाचन आयोगको नामावलीमा नाम दर्ता गराएका छन्।

जिल्ला निर्वाचन कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार १८ हजार ४२६ जना राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नाम समावेश गराएका छन्। त्यस्तै ६ हजार ८५४ जनाले जिल्ला निर्वाचन कार्यालयमा प्रत्यक्ष रूपमा बायोमेट्रिक प्रणालीमार्फत नाम समावेश गराएका हुन्।

यो थपिएसँगै अब महोत्तरीमा मतदाताको संख्या ४ लाख ३० हजार ७५८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसअघि ४ लाख ५ हजार ५ सय ४ जनाको नाम मतदाता नामावलीमा समावेश रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.