मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–५ मा आइतबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लिचिबगान जाने भित्री सडक खण्डमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल दिउँसो दिउँसो करिब १२ः३० बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको राजविराज नगरपालिका–१ घर भई मोरङको बुढीगंगा गाउँपालिका–४ मा बस्दै आएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।  
दुर्घटनामा परेर टाउको, खुट्टा र नाकमा गम्भीर चोट लागेका नुनियालाई इलाका प्रहरी कार्यालय नेमुवाका सई (प्रहरी नायव निरीक्षक) अशोक कार्की नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पुर्‍याएको थियो। गम्भीर अवस्थाका उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए। 

प्रहरीका अनुसार नुनिया बुढीगंगा–४ मा सुशील यादवले सञ्चालन गर्दै आएको राशि वर्कसपमा काम गर्थे। दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.