सामसङ नेपालद्वारा ‘वाम विनटर अफ’ घोषणा
काठमाडौं : सामसङ नेपालले जाडो मौसमलाई मध्यनजर गर्दै 'वाम विनटर अफ'को घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागु हुनेछ। अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
ग्राहकहरूले ७ देखि १२ केजीसम्मका एआई इकोबुल्ब वासर ड्राएर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्।
सामसङ वासिङ मेसिन र रेफ्रिजरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टीमार्फत दीर्घायु सुनिश्चित गर्ने बताइएको छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध रहेको बताइएको छ।
साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित यसमा ग्राहकहरूले आफू इच्छा अनुसारका सामसङ होम अप्लायंस् शून्य प्रतिशत ब्याजदरमा सजिला ईएमआई विकल्पसँग प्राप्त गर्न सक्छन्।
प्रतिक्रिया दिनुहोस !