थाइल्याण्डमा तीन सय वर्षयताकै सबैभन्दा धेरै वर्षा, १८ जनाको मृत्यु
काठमाडौं : थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरू बाढीको सामना गरिरहेका छन्। अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । सरकारले राहत र उद्धार कार्यका लागि सेनालाई डुङ्गा र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ।
देशको दक्षिणी भागका दश प्रान्तहरू गत हप्तामा बाढीबाट प्रभावित भएका छन्। मलेसियाको सिमानामा रहेको व्यापारिक केन्द्र हात याई शहरमा एकै दिनमा ३३५ मिलिमिटर वर्षा भएको छ, जुन ३०० वर्षयताकै सबैभन्दा ठूलो हो।

बाढी प्रभावित क्षेत्रका तस्बिरहरूमा सवारी साधन र घरहरू डुबेको देखिन्छ। जहाँ पीडित बासिन्दाहरू राहत र उद्धारको लागि छतमा पर्खिरहेका छन्। अविरल वर्षाले छिमेकी देशहरूमा पनि विनाश निम्त्याएको छ। भियतनाममा एक हप्तामा मृत्यु हुनेको संख्या ९८ पुगेको छ भने मलेसियामा १९ हजार बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

थाइल्याण्डमा बाढीबाट २० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।
प्रतिक्रिया दिनुहोस !