दल दर्ताको समय चार दिन थप्ने निर्वाचन आयोगको निर्णय
काठमाडौं : निर्वाचन आयोगले निर्वाचन प्रायोजनका लागि दल दर्ताको समय थप्ने निर्णय गरेको छ। आयोगले मंसिर १४ गतेसम्म निर्वाचन प्रायोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो।
आयोगले दल दर्ताको समय मंसिर १० गतेसम्मका लागि तोकेको थियो। आज अन्तिम समय भनिए पनि दल दर्ता हुने क्रम जारी रहेकाले आयोगले थप चार दिन थप्ने निर्णय गरेको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दल दर्ताको चाप अझै रहेकाले समय थप गरिएको बताए। 'दल दर्ताको चाप अझै छ। सबैलाई समेटेर लैजानका लागि चार दिन समय थप्ने निर्णय गरेका हौं,' अन्नपूर्णसँग उनले भने।
प्रतिक्रिया दिनुहोस !