तिनकुनेमा खुकुरी प्रहार, दुई जना घाइते
मंसिर ११, २०८२ बिहीबार १६:४७:९
काठमाडौं : तिनकुनेमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन्। प्रहरी वृत्त बानेश्वरका अनुसार दुई समूहबीच वादविवाद भएपछि खुकुरी हानाहान भएको थियो।
घाइतेहरूलाई नजिकैको कान्तिपुर अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।