कारागारका थुनुवाको अस्पतालमा मृत्यु

कारागारका थुनुवाको अस्पतालमा मृत्यु

विराटनगर : मोरङ कारागारका एक जना थुनुवाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। कारागार प्रशासक गौरव ढुंगेलका अनुसार मोरङको उर्लाबारी नगरपालिका–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको शनिबार दिउँसो १:४५ बजेतिर मृत्यु भएको हो। शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि दर्जीलाई मंसिर ७ गते उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको उनले बताए। 

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका उनलाई सुरुदेखि नै आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा शनिबार  मृत्यु भएको जानकारी ढुंगेलले दिए। लागुऔषध मुद्दाका थुनुवा रहेका दर्जीलाई अदालतले गत साउन ३० गते थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। आदेशपछि कारागार चलान गरिएका उनीविरुद्धको मुद्दा हालसम्म अदालतमा विचाराधीन छ। मुद्दाको फैसला नहुँदै दर्जीको भने मृत्यु भएको र शव आफन्तले जिम्मा लिएर लगिसकेको कारागार प्रशासनले जनाएको छ। 

मोरङ कारागार प्रशासनका अनुसार दर्जीसँगै वैशाखयता कैदीबन्दी र थुनुवा गरेर मृत्यु हुनेको संख्या १४ पुगेको छ। पछिल्लो समय कारागारमा राखिएका कैदीबन्दी एवं थुनुवाको मृत्यु हुने क्रम बढेको छ। मोरङ कारागारका २ जना कैदीको बिहीबार मात्रै मृत्यु भएको थियो। 

जंगली हात्ती मारेको आरोपमा ५ वर्ष कैद सजाय सुनाइएका मोरङको बेलबारी नगरपालिका–३ घर भएका ४७ वर्षीय तेजबहादुर राई र कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ६६ वर्षीय हर्कजंग लिम्बूको बिहीबार मृत्यु भएको हो। 

पछिल्लो समय कारागारका कैदीबन्दी तथा थुनुवामा शरीर सुन्निने, सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या बढ्दै गएको जेलर ढुंगेलले बताए। उनका अनुसार स्वास्थ्यमा समस्या देखिनसाथ उनीहरुलाई अस्पताल लैजाने गरिएको छ। तर, कैदीबन्दी तथा थुनुवाले उपचारकै क्रममा ज्यान गुमाइरहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.