सहमति भए कांग्रेसको नियमित महाधिवेशन पुसको अन्तिम साता

सहमति भए कांग्रेसको नियमित महाधिवेशन पुसको अन्तिम साता
फाइल तस्बिर

काठमाडौं : लामो रस्साकस्सीपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशन गर्ने सहमति जुटाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरूको बैठकले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्तावमा सहमति जुटाएका हुन्।

शीर्ष नेताहरूको बैठकमा सहमति जुटे पुसको २६ देखि २९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन हुने छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशनका विषयमा मोटामोटी सहमति जुटेको बताए। 'पुसको अन्तिम साता महाधिवेशन गर्ने प्रस्तावमा मोटामोटी सहमति जुटेको छ। त्यसमा असन्तुष्ट पक्षहरूलाई पनि सहमति गराउने प्रयास भइरहेको छ,' अन्नपूर्णसँग उनले भने।

सहमति जुटेमा कांग्रेसको सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको प्रस्ताव पेस हुने र पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय हुने स्रोतले जानकारी दिएको छ। यसअघि निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने विषयमा मतभेद हुँदै आएको थियो। त्यसमा सहमति नजुट्दा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि पटक-पटक सर्दै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.