बालेनका बुबाको पशुपति आर्यघाट अन्त्येष्टि
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा सोमबार उनको अन्त्येष्टि गरिएको हो।
रामनारायण शाहको सोमबार सिभिल अस्पतालमा निधन भएको थियो। पिसाबमा संक्रमण भएपछि उनलाई आइतबार अस्पताल पुर्याइएको थियो। शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्।
प्रतिक्रिया दिनुहोस !