पूर्वप्रधानन्यायाधीश श्रेष्ठका बुबाको पशुपति आर्यघाटमा अन्त्येष्टि
मंसिर १६, २०८२ मंगलबार २१:१९:४६
काठमाडौं : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुबा कुलबहादुर श्रेष्ठको अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा मंगलबार उनको अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ।
श्रेष्ठको मंगलबार बिहान उपचारका क्रममा निधन भएको थियो। उनका ३ छोरा र २ छोरी छन्।