बुढीगंगाका गाउँमै अल्ट्रासाउन्ड र ल्याब सेवा गर्भवती महिला खुशी

बुढीगंगाका गाउँमै अल्ट्रासाउन्ड र ल्याब सेवा गर्भवती महिला खुशी

बाजुरा : बाजुराको बुढीगंगामा नगरपालिकामा गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै टोल–टोलमै पुगेर निःशुल्क अल्ट्रासाउन्ड तथा ल्याब सेवा सञ्चालन भइरहेको छ। दुर्गम बस्तीमा बस्ने महिलाहरूलाई गर्भावस्थामा आवश्यक परामर्श देखि नियमित गर्भजाँच घरदैलोमै उपलब्ध गराउन थालेपछि स्थानीयस्तरका महिलाहरुमा खुशी भएका छन्। बुढीगंगाका १ देखी १०  नम्बर वडामा मासिक रूपमा स्वास्थ्यकर्मीको टोली पुग्ने गरेको बुढीगंगा नगरपालिकाका  नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन्।

बुढीगंगा नगरपालिकाको सक्रियतामा गैरसरकारी संस्थाको सहयोगमा सञ्चालन भइरहेको सेवा अन्तर्गत प्रत्येक महिनाको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलालाई अल्ट्रासाउन्ड, रक्तअल्पता, सुगर, पिसाब जाँच लगायतका अन्य आवश्यक परीक्षण गरिन्छ। 

गाउँमै सेवा उपलब्ध भएपछि स्थानीय गर्भवती महिलाहरूले सुविधा पाएका छन्। बुढीगंगा नगरपालिका-८ की निर्मला कुमालले तीन पटक आफ्नै गाउँमा अल्ट्रासाउन्ड तथा ल्याब सेवा पाएकी छन्। ‘सदरमुकाम मार्तडी पुग्न  दिनभर लाग्थ्यो, खर्च पनि धेरै हुन्थ्यो। अब घरमै सेवा पाइएपछि धेरै सहज भएको छ’,  उनले भनिन्। सामान्य अवस्थामा जिल्ला अस्पतालमा एक पटक अल्ट्रासाउन्ड गर्न कम्तीमा ४ सय रुपैयाँ खर्च हुने गरे पनि अब बुढीगंगा नगरपालिकाले गाउँमै पुगेर  स्थानीयलाई निःशुल्क सुविधा उपलब्ध भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.