पूर्व महिला प्रहरीको हत्या आरोपी पक्राउ, कारागारमा रहँदा भएको थियो उनीहरूबीच चिनजान

पूर्व महिला प्रहरीको हत्या आरोपी पक्राउ, कारागारमा रहँदा भएको थियो उनीहरूबीच चिनजान

काठमाडौं : पूर्व प्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले चितवन बछौलीका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको हो।

दराईलाई रुपन्देहीको बेलहियास्थित सडकखण्डबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। दराईविरुद्ध गोरखा जिल्ला अदालतबाट २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको फैसला भएको पाइएको छ।

दराईले २०६७ मंसिर १३ गते गोरखा फिनामकी ५३ वर्षीय चिनी माया माण्डेको घाँटी थिचेर हत्या गरेका थिए। चिनीकी छोरी सम्झना पाण्डेसँग विवाह गर्ने विषयमा विवाद हुँदा दराईले उनको हत्या गरेका थिए। 

सोही आरोपमा कैद भुक्तान गरिरहेका बेला पूर्व प्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलसँग परिचय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरूको मकवानपुरको भीमफेदीस्थित कारागारमा परिचय भएको प्रहरी अधिकारीहरूले बताएका छन्। दराईविरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको व्युरोले बताएको छ।

विसं २०८१ चैत ३१ गते पूर्व प्रहरी हवल्दार कँडेल आफ्नै घरमा मृत फेला परेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.