अस्पतालमा बिरामी कुरुवा शौचालयमा मृत फेला
प्यूठान : प्यूठान अस्पतालको शौचालयमा एक जना बिरामी कुरुवा मृत फेला परेका छन् । लुंग्री गाउँपालिका–३ चिउरीपाखा सिर्पका तेजबहादुर घर्ती मगर मृत फेला परेका हुन् ।
आफ्नो गर्भवती भान्जी लिएर उनी तीन दिन अघि अस्पताल आएका थिए । घटनाको प्रारम्भिक अवस्था हेर्दा शौचतालयमा लडेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । रातिको समयमा शौचालयमा विद्युत नभएको अवस्थामा घटना भएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक घर्तीको घरमा आममा, श्रीमती, २ छोरी र एक छोरा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !