यात्रुहरूको पैसा फिर्ता गर्न इन्डिगोलाई केन्द्र सरकारको निर्देशन
काठमाडौं : भारतको नागरिक उड्डयन मन्त्रालयले यात्रुहरूको बाँकी रहेको रकम फिर्ता गर्न इन्डिगोलाई निर्देशन दिएको छ।
मन्त्रालयले सबै रद्द गरिएका वा प्रभावित उडानहरूको फिर्ता प्रक्रिया डिसेम्बर ७, २०२५ आइतबार राति ८:०० बजेसम्ममा पूरा गरिसक्न निर्देशन दिएको हो।
उडान रद्द हुँदा यात्रा योजना प्रभावित भएका यात्रुबाट कुनै पनि पुन: तालिका शुल्क नलिन पनि एयरलाइन्सहरूलाई निर्देशन दिइएको छ।
मन्त्रालयले फिर्ता प्रक्रियामा कुनै ढिलाइ भएमा वा नियमहरूको पालना नगरेमा तुरुन्तै कारबाही गरिने स्पष्ट पारेको छ।
ठूलो संख्यामा उडान रद्द र ढिलाइ भएपछि इन्डिगोले शुक्रबार राति सामाजिक सञ्जाल एक्समा माफी माग्दै विज्ञप्ति जारी गरेको थियो।
रद्द गरिएका उडानपछि सबै यात्रुलाई चाँडै नै पैसा फिर्ता गरिने आश्वासन एयरलाइन्सले दिएको छ।
प्रतिक्रिया दिनुहोस !