जेनजी सहिद श्रेयम चौलागाईंको सम्झनामा श्रद्धाञ्जलीसभा
सुनसरी : काठमाडौंमा जेनजी आन्दोलनको क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागी ज्यान गुमाएका मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सहिद श्रेयम चौलागाईंको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। सोमबार मोरङकै डागीस्थित दीपज्योति आधारभूत विद्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। श्रेयमको परिवारले आयोजना गरेको श्रद्धाञ्जलीसभासँगै विद्यालयमा अध्ययनरत १४६ विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ।
श्रेयमको परिवारद्वारा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा, ज्याकेट र स्टेशनरी सामग्री वितरण गरिएको छ। वितरण गरिएको ज्याकेटमा श्रेयमको फोटो प्रिन्ट गरिएको छ। जसले विद्यार्थी र स्थानीयहरूलाई पनि भावुक बनाएको थियो। सहभागीहरूले श्रेयमप्रति श्रदाञ्जली अर्पण गर्दै उनले समाजमा देखाएको सक्रियता, साहस र न्यायप्रतिको चाहनालाई स्मरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !