पतिले घरजग्गा बेचेर सके, श्रीमती छिमेकीको घरमा किरिया बस्दै

पतिले घरजग्गा बेचेर सके, श्रीमती छिमेकीको घरमा किरिया बस्दै

बैतडी : घरबारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ की जानकी महरा छिमेकीको घरमा स्वर्गीय श्रीमान्को किरिया बसेकी छिन्। मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी पति २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको थियो। 

सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडांैबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनी ट्रक सुर्नया गायँपालिका–५ को कठेगौडमा १८ गते राति पौने १२ बजेको समयमा दुर्घटना हँुदा चालक महराको घटनास्थलमै मृत्यु भएको थियो।

यसअघि नै श्रीमान् महराले घरजग्गा सबै बेचेको हुनाले अहिले किरियासमेत छिमेकीको घरमा बस्नुपरेको जानकीले बताइन्। उनी छिमेकी दलजित महराको घरमा किरिया बसेकी छन्।

आफन्तको सहयोगमा किरिया खर्च जुटाएकी जानकी बिचल्लीमा परेको आफन्त गणेश महराले बताए। यसअघि जानकीका श्रीमान्ले रातदिन कुटपिट गर्ने गरेको र घरबार सबै बेचेर श्रीमतीलाई घरबाट निकालेको उनले जनाए। घरबाट निकालिएकी जानकी छोराछोरी लिएर सेफ हाउसको शरणमा रहेकी थिइन्। श्रीमान्को मृत्यु भएपछि काजकिरिया गर्न घर आएकी जानकी आफन्तको घरमा बसाएको उनले बताए। 
‘यहाँ उनको घरजग्गा केही छैन, सबै श्रीमान्ले बेचेका रहेछन्, अहिले किरिया गर्ने कुटी पनि नभएर समस्यामा छिन्’, गणेश महराले भने, ‘हामीले सानोतिनो सहयोग गरेका छौं, अब बालबच्चा पढाउन र बस्नै समस्या भयो’, महराले भने। जानकीको घरमा सासूससुरा कोही छैनन्।

श्रीमान्को कुटाइ सहन नसकेर सेफ हाउसमा बस्दै आएकी जानकी झनै समस्यामा परेकी छन्। ‘मलाई श्रीमान्ले रातदिन कुटपिट गरेर घरबाट निकालेका थिए, त्यसपछि तीन छोरालाई लिएर सेफ हाउसको सरणमा पुगेकी हुँ, यहाँ श्रीमान्ले सबै घरजग्गा बेचिदिएछन्, अब के गरुँ ?’, उनले दुःख पोखिन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.