मधेश सरकारबाट बहिरिने जनमत पार्टीको चेतावनी

मधेश सरकारबाट बहिरिने जनमत पार्टीको चेतावनी

जनकपुरधाम : मधेश सरकारको सत्ता साझेदार दल जनमत पार्टीले सरकारबाट बहिरिने चेतावनी दिएको छ । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष  बसन्त कुशवाहाले भागवण्डाको नाममा जनमतको उपस्थिति सरकारमा कमजोर भए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।

वरिष्ठ उपाध्यक्ष कुशवाहाले समाजिक सञ्जाल फेसबुकमा लेखेका छ्न,'मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको छ। आर्थिक वर्ष २०८२ र ०८३ मा हामीले उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १०औं हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेका छौं । तर, भागवन्डाको नाममा अरुलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अल्पत्र पार्नु हो । '

उनले जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग हुन हुनुपर्ने बताएका छन् । सोमबार मन्त्रिपरिषद विस्तार हुँदा उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।

उक्त मन्त्रालय माओवादीको भागमा परेपछि  जनमत असन्तुष्ट बनेको हो। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सोमबार मन्तिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका छन् । अझै ६ मन्त्रालय मुख्यमन्त्री यादवले आफूसँगै राखेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.