तातोपानी नाकाबाट भित्रिएको लाखौं मूल्यको अवैध सामान बरामद

तातोपानी नाकाबाट भित्रिएको लाखौं मूल्यको अवैध सामान बरामद
तस्बिर : अन्नपूर्ण

सिन्धुपाल्चोक : नेपाल–चीन बीचको उत्तरी नाका तातोपानीबाट भित्रिएको लाखौं मूल्यको अवैध चकलेट र सस सशस्त्र प्रहरी बलले बरामद गरेको छ । तातोपानीबाट खाडिचौरतर्फ आँउदै गरेको बा४ख ५८६४ नम्बरको सानो भ्यानबाट सोमबार राती बिल बिजक र भन्सार प्रज्ञापन पत्र नभएको अन्दाजी मूल्य ७ लाख २२ हजार १० रुपैयाँ बराबरको चक्लेट र ससहरू बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल १६ नम्बर गण हेडक्वाटर बन्देउका प्रहरी उपरीक्षक अच्युत मजगैयाँले जानकारी दिए ।

सशस्त्र प्रहरीले बाह्रबिसे नगरपालिका– ४ स्थित बाह्रबिसे बजार क्षेत्रमा भन्सार छली ल्याएको अवैध चक्लेट र ससहरूसहितको सामग्री,चालक र भ्यानलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल लामोसाँघु बेसबाट खटिएको टोलीले भ्यान र सामनसहित बाह्रबिसे नगरपालिका–६ मान्द्रा बस्ने चालक शिवलाल तामाङलाई पनि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मजगैयाँले बताए । उनका अनुसार चालक तामाङले ती सामान आफ्नै रहेको दावी गरेका छन्। 

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका सामान तथा सवारी साधनसहित २२ लाख २२ हजार १० रुपैयाँ बराबरको सामग्री आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयलाई जिम्मा लगाएको मजगैयाँले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.