समयमै अस्पताल पुर्‍याउन नसक्दा गर्भवतीको मृत्यु

समयमै अस्पताल पुर्‍याउन नसक्दा गर्भवतीको मृत्यु

प्यूठान : समयमै अस्पताल पुग्न नसक्दा प्यूठानमा गर्भवतीको मृत्यु भएको छ। नौबहिनी गाउँपालिका-६ की ३३ वर्षीय आसा विकको मृत्यु भएको हो। 

सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ। ‘स्वास्थ्य चौकीमा लग्यौं, त्यहाँबाट प्युठान अस्पताल लग्यौं, त्यहाँ पनि नहुने भएपछि बुटवल पुर्‍याएका थियौं’, आसाकी देउरानी रेखाले भनिन्, ‘लुम्बिनी प्रादेशिक अस्पताल पुग्दा आमा र बच्चा दुवैको एक घण्टाअघि नै ज्यान गइसकेको अस्पतालले पुष्टि गर्‍यो।’

नियमित स्वास्थ्य जाँच र समयमै स्वास्थ्य चौकी पुर्‍याए पनि ज्यान गएको कारणबारे भने थाहा नभएको उनले बताइन्। मंसिर १६ गते जिल्ला अस्पताल पुगेर भिडियो एक्सरे गर्दा अवस्था सामान्य नै रहेको स्वास्थ्यकर्मीहरूले बताएको उनले बताइन्। आइतबार बिहान ९ बजे आसा स्वास्थ्य चौकी आइपुगेको लुङ स्वास्थ्य चौकीका इन्चार्ज गोविन्द बहादुर केसीले बताए। ‘११ बजेदेखि व्यथा लाग्न सुरु भएको थियो, बच्चा र आमा दुवैको अवस्था निर्मल थियो’,  उनले भने, ‘पाठेघरको मुख खुल्दै गए पनि दुखाई बढी भएको थियो। आमाले बल गर्न नसकेको र प्रेसर पनि बढ्न थालेपछि रिफर गर्‍यौं।’ एम्बुलेन्स आउन ढिलाई हुने भन्दै परिवारका सदस्यले स्थानीय सवारी जिपमा उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए।

समस्या जटिल देखिएपछि तत्कालै रिफर गरिएको प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सुवास पौडेलले बताए। ‘जिल्ला अस्पतालमा आईसीयु नभएकाले अप्रेसन गर्ने अवस्था थिएन’, उनले भने, ‘सुरक्षित सुत्करी गराउनका लागि उपल्लो निकायमा रिफर गरेका हौं।’ लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए पनि सोमबार बिहान अस्पतालले आमा र बच्चाको दुवैको गइरहेको बताएको थियो। आसाका तीन बच्चा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.