विधान मस्यौदाबारे छलफल गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी

विधान मस्यौदाबारे छलफल गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ। बैठकमा विधानको मस्यौदामाथि छलफल हुने नेताहरूले जनाएका छन्। 

केन्द्रीय समितिको बैठकमा छलफल भएपछि विधान मस्यौदालाई तल्लो तहमा छलफलका लागि पठाइने र छलफलबाट आएका सुझावमा आधारमा पारित गरिने प्रलोपा नेता राम कार्कीले जानकारी दिए।

उनले पार्टीले अवलम्वन गर्ने समाजवादको कस्तो हुने भन्ने विषय पनि सबैको सुझावका आधारमा तय गरिने बताए। प्रथम पूर्ण बैठकमा केन्द्रीय सदस्यलाई शपथ गराउने क्रममा सदस्यहरूले समाजवादका बारेमा प्रश्न उठाएका थिए। नेता कार्कीले अहिले विधानलाई अन्तिम रुप दिन बाँकी रहे पनि सपथ ग्रहणका लागि सम्मुन्नत समाजवाद भन्ने शब्दमात्रै राखिएको स्पष्ट पारेका थिए।

त्यसपछि पार्टीका संरक्षक बाबुराम भट्टराई अध्यक्ष मण्डललगायत केन्द्रीय सदस्यहरूलाई सपथ गराएका थिए। बैठक बुधबारसम्म चल्ने प्रलोपाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.