एमाले महाधिवेशन : मतदानको समय सर्यो, साँझ ७ बजेदेखि भोलि १ बजेसम्म हुने
काठमाडौं : नेकपा एमालेको जारी ११औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वको मतदान समय सरेको छ। यसअघि ४ बजेदेखि मतदान हुने भनिए पनि केन्द्रीय निर्वाचन आयोले नयाँ समय जारी गरेको हो।
आयोगका अनुसार मतदान आज साँझ ७ बजेदेखि सुरू हुनेछ। आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार रातभरि मतदान चल्नेछ। मतदानको समय भोलि १ बजेसम्मका लागि तय गरिएको उनले बताए। त्यसलगत्तै मतगणना पनि सुरू गरिने उनले बताए
ओलीका तर्फबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार छन् भने पोखरेलको तर्फबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बनेका छन्।
प्रतिक्रिया दिनुहोस !