मतदानस्थल आइपुगे अध्यक्षका आकांक्षीद्वय ओली र पोखरेल
काठमाडौं : नेकपा एमालेको जारी ११औं महाधिवेशनको नेतृत्व चयनका लागि आकांक्षीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल भृकुटीमण्डप पुगेका छन्। मतदान गर्नका लागि ओली र पोखरेल भृकुटीमण्डप आइपुगेका हुन्। उनीहरूसँगै उपाध्यक्ष, महासचिवका आकांक्षीहरू पनि मतदानस्थल पुगेका छन्।
मतदानस्थलमा अध्यक्षका आकांक्षी ओली र पोखरेलबीच भलाकुसारी पनि चलेको थियो।




प्रतिक्रिया दिनुहोस !