काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएका छन्। समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ। आज सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेका हुन्।
अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरूलाई मतदानका लागि पठाइएको छ। उनीहरुसँगै महासचिवमा उम्मेदवार शंकर पोखरेलले पनि मतदान गरेका थिए।

मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका हुन् । एमालेले ८० वटा मेसिनमार्फत २२६३ प्रतिनिधिका लागि मतदानको व्यवस्था गरेको छ।
मंगलबार बेलुकाबाट हुने भनिएको मतदान आजको लागि सरेको हो। महाधिवेशन प्रतिनिधिसँगै उम्मेदवारहरु मत मागिरहेका छन्। आइतबार उम्मेदवारी दर्ता भए पनि प्यानलको अन्तिम टुंगो भने सोमबार मात्रै लागेको हो।
प्रतिक्रिया दिनुहोस !