सरकार सुशासन र निर्वाचनमा केन्द्रित छ : प्रधानमन्त्री कार्की

सरकार सुशासन र निर्वाचनमा केन्द्रित छ : प्रधानमन्त्री कार्की

ललितपुर :  प्रधानमन्त्री सुशीला कार्कीले सरकार सुशासन सुदृढीकरण र समयमै निर्वाचन सम्पन्न गर्न केन्द्रित भएर काम गरिरहेको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले जेन–जी पुस्ताको भावना अनुरूप मुलुकमा सुशासन कायम गर्न र जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न निर्वाचन अपरिहार्य रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकार अहोरात्र तयारीमा जुटिरहेको जानकारी दिइन्। निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह समेत गरिन्।

उनले संविधानसम्मत,लोकतान्त्रिक विधि र सुशासनको मार्गमा मुलुकलाई सुरक्षित रूपमा अघि बढाउन निर्वाचन बाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारिन्। साथै समाजमा शान्ति कायम गर्दै सुशासनयुक्त राष्ट्र निर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले नागरिकको नजिकको सरकार स्थानीय सरकार भएकाले यसले आफ्नो भूमिकालाई अझ जिम्मेवार र जवाफदेही बनाउनुपर्ने बताइन्। पाटन आफैंमा नेपाली सभ्यता, संस्कृति र सौन्दर्यको जीवित संग्रहालय भएको उल्लेख गर्दै उनले सम्पदा संरक्षण र जगेर्नामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचन सफल बनाउन जेन–जी सहित सबैको सक्रिय सहयोग अपरिहार्य रहेको बताए। 'चुनाव हुन दिन्न भन्ने छुट कसैलाई छैन,'उनले भने। आफ्नो दुई कार्यकालमा महानगरभित्र उल्लेखनीय परिवर्तन भएको दाबी गर्दै उनले अहिले पनि निरन्तर नयाँ–नयाँ विकासका काम भइरहेको बताए।

स्थापना दिवसको अवसरमा ललितपुर महानगरपालिकाले सबैभन्दा बढी कर तिर्ने संस्था तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.