हाडनाता करणी मुद्दाका फरार कसुरदार २५ वर्षपछि पक्राउ
स्याङ्जा : हाडनाता करणी मुद्दाका आरोपित फरार २५ वर्षपछि पक्राउ परेकी छन्। पक्राउ पर्नेमा फेदिखोला गाउँपालिकाका ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटा रहेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए।
वि.सं.२०५७ साल वैशाख २१ गते जिल्ला अदालतले साबित्रीलाई ३ महिनाको कैद सजाय सुनाएसँगै उनी फरार रहेको प्रहरीले जनाएको छ। विशेष अप्रेशन टोलीले उनलाई पक्राउ गरी अदालतको फैसलाअनुसार सावित्रीलाई कैद भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जा चलान गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !