भारतले बंगलादेशका उच्चायुक्तलाई बोलायो, भारतीय मिशनको सुरक्षाप्रति जनायो चिन्ता
काठमाडौं : विदेश मन्त्रालयले बुधबार भारतस्थित बंगलादेशका उच्चायुक्तलाई बोलाएर आफ्नो सुरक्षा चिन्ता व्यक्त गरेको छ।
विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, "भारतका लागि बंगलादेशका उच्चायुक्त रियाज हमिदुल्लाहलाई आज विदेश मन्त्रालयले बोलाएको थियो। यस क्रममा उनलाई बंगलादेशको बिग्रँदै गएको सुरक्षा अवस्थाको बारेमा भारतको गम्भीर चिन्ताबारे अवगत गराइएको थियो।"
ढाकास्थित भारतीय मिशन वरपर सुरक्षामा बाधा पुर्याउने धम्की दिने केही अतिवादी तत्वहरूको गतिविधिप्रति विशेष ध्यान आकर्षित गरिएको भारतले जनाएको छ।
विज्ञप्तिमा थप भनिएको छ, "भारतले बंगलादेशमा हालै भएका केही घटनाहरूको बारेमा अतिवादी तत्वहरूले बनाएको गलत कथालाई पूर्ण रूपमा अस्वीकार गर्दछ। अन्तरिम सरकारले न त यी घटनाहरूको गहन अनुसन्धान गर्यो न त भारतसँग कुनै ठोस प्रमाण साझा गर्यो।"
एक दिन अघि मात्र बंगलादेशको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का दक्षिणी प्रमुख संयोजक हसनत अब्दुल्लाहले बंगलादेश अस्थिर भयो भने भारतको 'सेभेन सिस्टर्स' उत्तरपूर्वी राज्यहरू अलग्गिने चेतावनी दिएका थिए।
प्रतिक्रिया दिनुहोस !