जेनजी आन्दोलनमा काठमाडौंबाट भागेकी महिला विराटनगरमा पक्राउ

जेनजी आन्दोलनमा काठमाडौंबाट भागेकी महिला विराटनगरमा पक्राउ

विराटनगर : जेनजी आन्दोलनको मौका छोपेर काठमाडौंस्थित कारागारबाट भागेकी एक जना महिला विराटनगरमा पक्राउ परेकी छन्। 
फरार भएर विराटनगर आइपुगेकी मानब बेचबिखन मुद्दाकी प्रतिवादीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगर छन्। उनलाई लुकिछिपी बसेको अवस्थामा विराटनगर महानगरपालिका–११ बसपार्कनजिकबाट राति ८ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। 

उनका अनुसार मगर मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी प्रतिवादी हुन्। उनलाई काठमाडौंस्थित केन्द्रीय कारागारमा थुनामा राखिएको थियो। जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते कारागारबाट भागेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं पठाउने तयारी भइरहेको चुँडालले बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.