यस्तो बन्यो एमालेको पदाधिकारी टिम
काठमाडौं : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली ह्याट्रिक गरेका छन्। ११औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओली विजयी भएका हुन्। ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ मत प्राप्त गरे।
त्यस्तै महासचिवमा ओली प्यानलका शंकर पोखरेल विजयी भए। उपाध्यक्षमा एमालेको पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका छन्।
त्यस्तै उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भए। एमालेको सचिव पदमा केपी शर्मा ओलीको प्यानलका ९ जना नै विजयी भएको छ। सचिवमा महेश बस्नेतले सर्वाधिक मत ल्याएका छन्। यस्तै दोस्रोमा पद्माकुमारी अर्याल, तेस्रोमा छविलाल विश्वकर्मा, चौथोमा शेरधन राई, पाँचौँमा हिक्मतकुमार कार्की, छटौँमा खगराज अधिकारी, सातौँमा यामलाल कँडेल, आठौँमा राजन भट्टराई र नौमा भानुभक्त ढकाल छन्।
प्रतिक्रिया दिनुहोस !