मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
सांकेतिक तस्बिर

विराटनगर  : मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड भएर गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति ८:१५ बजेतिर ठक्कर दिएको थियो । 

दुर्घटनामा साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको मृत्यु भएको जानकारी मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले राति ८:४५ बजेतिर मृत घोषणा गरिदिएका हुन् । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डलसमेत घाइते भएका छन् । 

रंगेली अस्पतालमा सम्भव नभएपछि मध्यम अवस्थाका उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको छ । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका–३ कौशल्या चोकमा रोकेर राखेको गाडीमा मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । सडकमा रोकेर राखिएको को १ क २६१८ नम्बरको गाडी (सिमेन्ट घोल्ने मेसिन) मा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को ४० प १९२५ नम्बरको मोटरसाइकल राति ९:२० बजेतिर ठोक्किएर दुर्घटनामा परेको थियो । 

प्रहरीका अनुसार गाडीमा पछाडिबाट मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ग्रामथान–१ का ४० वर्षीय सन्तोषकुमार माझी गम्भीर घाइते भएका हुन् । शरीरको विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । दुवै सवारीसाधन तथा गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.