टिपरको हाइड्रोलिकले ‘हाइटेन्सन’ लाइन छुँदा करेन्ट लागेर सहचालकको मृत्यु

टिपरको हाइड्रोलिकले ‘हाइटेन्सन’ लाइन छुँदा करेन्ट लागेर सहचालकको मृत्यु
सांकेतिक तस्बिर

विराटनगर : मोरङमा टिपरबाट माटो झार्ने क्रममा हाइड्रोलिकले बिजुलीको ‘हाइटेन्सन’ लाइनमा छुँदा करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो । को १ ख ५०४९ नम्बरको टिपरबाट मोटो झार्ने क्रममा शुक्रबार बिहान १० बजेतिर घटना भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । 

उनका अनुसार माटो झार्ने क्रममा टिपरको हाइड्रोलिकले ११ हजार भोल्टको विद्युत लाइनको तारमा छोएको थियो । हाइड्रोलिकले बिजुलीको तारमा छुनसाथ करेन्ट लागेर टिपरका सहचालक मोरङको बुढीगंगा गाउँपालिका–१ का २२ वर्षीय श्याम ऋषिदेव घाइते भएका थिए । घटनामा परेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । 

उनलाई उपचारका क्रममा अपरान्ह १२:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । टिपर चालक सुनसरीको दुहबी नगरपालिका–७ का ४५ वर्षीय भोजकुमार चौधरी सकुशल छन् । घाइते भएका सहचालकको उपचारमा उनी आफैं खटिएका थिए । 

टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिएको डीएसपी चुँडालले बताइन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.