सन्थाल समुदायको ‘दिसोम सोहराई’ चाडको यकिन मिति पत्ता लाग्यो

सन्थाल समुदायको ‘दिसोम सोहराई’ चाडको यकिन मिति पत्ता लाग्यो

झापा : मुख्य चाड ‘दिसोम सोहराई’ कहिले मनाउने भन्दै अन्योलमा रहेका यहाँका सन्थाल समुदायले बल्ल आफ्नो मुख्य चाड मनाउने यकिन मिति थाहा पाएका छन्। आदिवासी सन्थाल समुदायको उद्यम स्थल भारतको झारखण्ड राज्यस्थित दुम्काको चार दिने भ्रमण पश्चात् स्वदेश फर्किएका टोलीले ‘दिसोम सोहराई’ चाडको यकिन मिति पत्ता लगाएको बताएका छन्। 

सन्थाल समुदायको धर्म, संस्कृति तथा परम्परा संरक्षणको निम्ति भद्रपुर ३ नम्बर वडा कार्यालयको अगुवाइमा १६ सदस्य टोली झारखण्डको दुम्का पुगेका थिए। ३ नम्बर वडाध्यक्ष हेमबहादुर कार्कीको नेतृत्वमा दुम्का गएका सन्थाल समुदायका माझीहडाम (मुखिया) हरूले त्यहाँका मठमन्दिर, धार्मिक स्थलहरूको अवलोकन गर्दै धार्मिक व्यक्तित्व तथा विज्ञहरूसँग छलफल तथा भेटघाट गरी ‘दिसोम सोहराई’ चाड मनाउने दिन पत्ता लगाएर फर्किएको हो। 

दुम्काको ऐतिहासिक भ्रमण सकिएर फर्किएका टोलीलाई राप्रपा नगर समिति भद्रपुरका अध्यक्ष राजकुमार राईलाई स्वागत तथा सम्मान गरेका थिए। सम्मान कार्यक्रमपश्चात् बोल्दै वडाध्यक्ष कार्कीले दुम्का भ्रमणले ‘दिसोम सोहराई’ चाड कहिले मनाउने अन्यौलता सधैँको लागि हटेको बताएका छन्। 

नेपालीहरूको दशैं जस्तै ‘दिसोम सोहराई’ चाड सन्थाल समुदायको दशैं जस्तो नै हो। जनवरी ४ तारिखका दिन यो चाड पूजाआर्चना गरी भित्राउने चलन रहेको बताउँदै वडाध्यक्ष कार्कीले भने, ‘मुख्यतया पाँच दिन (जनवरी ९ देखि १३ तारिख)सम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी यो चाड मनाउने प्रचलन रहेको छ।’ तर, यहाँ त कसैले माघ त कसैले फागुनमा आफू अनुकूल समय अनुसार यो चाड मनाउँदै आइरहेको उनले बताए। 

भद्रपुर– ३ स्थित हात्तीमारामा माझीथान (सन्थाल समुदायको मन्दिर) निर्माण गरेका छौ। ‘त्यही माझीथानमा जनवरी ९ तारिख अर्थात् पुस २५ गते भव्य कार्यक्रमको आयोजना गर्दै स्थानीय सरकारसँग बिदा माग्न ज्ञापनपत्र समेत बुझाउने छौँ, उनले भने। भद्रपुर–३ आमगाँछी निवासी ६४ वर्षीय लाल हस्दालाई पनि आफूहरूको महान् चाड दिसोम सोहराई मनाउने मिति थाहा थिएन। दुम्काबाट फर्किएपछि मात्र दिसोम सोहराई मनाउने महिना र गते थाहा पाएको उनले बताए। 

यहाँ त कुनै गाउँमा पुस, कुनै गाउँमा माघमा त, कुनैमा फागुनमा मनाउने चलन रहेको बताउँदै उनले भने, ‘अब हामीले जनवरी ९ तारिकमा यो पर्व मनाउनु पर्छ, पूर्वमा बसोबास गर्ने हाम्रा समुदायका साथीभाईहरुलाई पनि यो मितिको बारेमा जानकारी गराउँछौँ।’ स्थानीय सरकारले पनि त्यही दिन स्थानीय बिदा दिनुपर्ने उनको माग छ।  

दिसोम सोहराइको पहिलो दिन गोरु–गाई स्नान (गोठ शुद्धीकरण), दोस्रो दिनमा गोठ पूजा (पशु पूजा), तेस्रो दिनमा मुख्य सोहराई (दिसोम सोहराई), चौथो दिनमा पाहुना र मेलमिलाप र पाँचौँ दिनमा समापन र आशिष् गरी मनाउने चलन रहेको छ। ‘सोहराई’ सन्थाल भाषामा गाई–भैँसी, गोरुजस्ता पशुधनको पूजा तथा सम्मान गर्ने चाड हो। ‘दिसोम’ भन्नाले सन्थाल समुदायको 

देश/भूमि/सम्पूर्ण समाज भन्ने अर्थ दिन्छ। त्यसैले ‘दिसोम सोहराई’ भनेको सम्पूर्ण सन्थाल समाजले सामूहिक रूपमा मनाउने पर्व हो। 
राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्कअनुसार सन्थाल समुदायको कुल सङ्ख्या लगभग ५७ हजार ३१० रहेको छ। जसमा झापा र मोरङ जिल्लामा ठूलो हिस्सा बसोबास गर्छन्। झापामा मात्रै करिब ३५ हजार सन्थाल समुदायका व्यक्ति बसोबास गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.