पाल्पा दरबार सङ्ग्रहालय परिसरमा चित्रकला प्रदर्शनी

पाल्पा दरबार सङ्ग्रहालय परिसरमा चित्रकला प्रदर्शनी

तानसेन : तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै तानसेनलाई देश–विदेशमा पर्यटकीय गन्तव्यको रूपमा चिनाउने उद्देश्यसहित पाल्पा दरबार सङ्ग्रहालय परिसरमा चित्रकला तथा फोटो प्रदर्शनी सुरु गरिएको छ। तानसेन गुठी पाल्पाको आयोजनामा सुरु भएको यो प्रदर्शनी पुस ६ देखि ८ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा तानसेनका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तु समेटिएका फोटो र चित्रकलाहरू राखिएका छन्। स्थानीय भाषा, कला, संस्कृति र भेषभूषालाई समेत चित्रकला तथा फोटो प्रदर्शनीमा महत्त्व पाएको छ। प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटकलाई तानसेनप्रति आकर्षित गर्ने अपेक्षा आयोजक पक्षले गरेको छ। 

फोटो प्रदर्शनी तथा चित्रकलाको अवलोकन गर्दै  तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यस्ता प्रदर्शनीले तानसेनको इतिहास, सभ्यता र पर्यटन सम्भावनालाई प्रचार–प्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.