निर्वाचनले शान्तिपूर्ण तरिकाले परिवर्तन र सत्ता हस्तान्तरण गर्दै लैजान्छ : प्रधानमन्त्री

निर्वाचनले शान्तिपूर्ण तरिकाले परिवर्तन र सत्ता हस्तान्तरण गर्दै लैजान्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरूलाई अगाडि ल्याउन अहिले पनि चुनौती रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार भएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजीहरूको माग सम्बोधन हुनुपर्ने पनि स्पष्ट पारिन्।

'भदौ २३ र २४ को परिस्थिति कसैले कल्पना गरेको थिएन। अचानक यस्तो परिस्थिति आयो। त्यसपछि एउटा परिवर्तन आएको छ। सिंगो राष्ट्रले परिवर्तनको आवश्यकता महसुस गर्‍यो। नयाँ युवाहरू पनि अगाडि आएका छन्। उनीहरूलाई कसरी 'फ्रन्ट'मा ल्याउने चुनौती छ अहिले। उनीहरूलाई शासन सत्ताको अवधारणाबारे बुझाउन जरुरी छ। जेनजीले उठाएका मागहरू पनि सम्बोधन हुनुपर्छ। सबैले त्यो महसुस पनि गरेका छौं। कसैले माग पूरा हुनु हुँदैन भनेको पनि छैन,' उनले भनिन्।

उनले सहभागी सबै पक्ष निर्वाचनको पक्षमा रहेको बताउँदै केही दलले उठाएको अदालतको मुद्दाबारे आफू जानकार भएको बताइन्। तर, निर्वाचन हुनु हुँदैन भन्ने विचार कसैको नरहेको उनको भनाइ छ। 

उनले निर्वाचन संकटभन्दा पनि उत्साहको रूपमा लिन दलहरूलाई आग्रह गरिन्। '६ महिनामा निर्वाचन गराउने कुरा पनि संविधान सम्मत नै छ। निर्वाचन संकटको घडी पनि होइन। यो त उत्साहको क्षण हो। निर्वाचनले नै हो अहिलेसम्मका सबै परिवर्तन ल्याएको। निर्वाचनले शान्तिपूर्ण तरिकाले परिवर्तन र सत्ता हस्तान्तरण पनि गर्दै लैजान्छ। यहाँ कोही वादी वा प्रतिवादी छैन,' उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.