बंगलादेशका हिन्दूलगायत अल्पसंख्यकको मानव अधिकारको रक्षाका लागि नेपाल सरकारले पहल गरोस् : पूर्वमुख्यमन्त्री सोनल

बंगलादेशका हिन्दूलगायत अल्पसंख्यकको मानव अधिकारको रक्षाका लागि नेपाल सरकारले पहल गरोस् : पूर्वमुख्यमन्त्री सोनल

वीरगन्ज : मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले बंगलादेशमा हालै एक हिन्दू युवकको क्रूरतापूर्वक गरिएको हत्या मानवताविरोधी अक्षम्य अपराध भएको बताएका छन्। 

बंगलादेशमा अहिले चलिरहेको सरकारविरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूबाट त्यहाँका हिन्दू युवक दीपुचन्द्र दासको निर्ममता पूर्वक हत्या गरिएको घटनाले विश्वलाई नै स्तब्ध पारेको भन्दै सोनलले उक्त घटनाको कडा निन्दासमेत गरेका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश अध्यक्षसमेत रहेका सोनलले सञ्चारकर्मीहरूसँग भने, ‘बंगलादेशमा हिन्दू युवाको जसरी बर्बरतापूर्वक हत्या गरियो, त्यो घटना मानवताविरोधी जघन्य अपराधिक घटना हो। यसले नेपालमात्रै नभई विश्व समुदायलाई नै स्तब्ध पारेको छ। उक्त घटनाको जतिसुकै निन्दा गरे पनि त्यो कम नै हुन्छ।’ 

बंगलादेशमा हिन्दूलगायतका धार्मिक अल्पसंख्यक समुदायमाथि निरन्तर भइरहेको हिंसा रोक्नका लागिप नि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। सोनलले बंगलादेशमा रहेका हिन्दूलगायत धार्मिक अल्पसंख्यकहरूको मानवअधिकारको रक्षाका लागि पनि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने मागपनि गरे। 
  
बंगलादेशमा महमद युनुस नेतृत्वको अहिलेको सरकार जनताको म्याण्डेटबाट नभई विद्रोहबाट बनेको कामचलाउ अन्तरिक सरकार रहेको भन्दै सोनलले त्यहाँ अब जनताको म्याण्डेटबाट सरकार बन्नुपर्ने र  त्यसका लागि वातावरण बनाउन अन्तर्राष्ट्रिय जगतले पनि भूमीका निर्वाह गर्नुपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.