वन मुद्दामा राप्तीका अध्यक्षसहित ३ जना वडा अध्यक्ष  दोषी ठहर

वन मुद्दामा राप्तीका अध्यक्षसहित ३ जना वडा अध्यक्ष  दोषी ठहर

दाङ : पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा जथाभाबी रुख कटान गरेको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष र ३ जना वडा अध्यक्षसहित ८ जनालाई दाङ जिल्ला अदालतले दोषी ठहर गरेको छ। दाङ जिल्ला अदालतले दुई वर्ष अघिको मुद्दाको सुनवाइ गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, ३ जना वडा अध्यक्षसहित ८ जनालाई दोषी ठहर गरेको हो।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट समेत ९ जनाविरुद्ध ‘बिना इजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए। अदालतले ९ जनाविरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ।

सूचना अधिकारी वलीले अदालतले राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष वीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको  बताए।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५–१५ दिनको कैद सजायको फैसला सुनाएको छ।

त्यस्तै तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको छ। २०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका विष्टसहितको समूहले भालुवाङदेखि सिंगेखोला सम्म पूर्व–पश्चिमको दायाँ र बायाँ रहेका रुखहरू बिना अनुमति काटेर ओसारपसार गरेको आरोपमा दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.